जनकपुरधाम, १४ फागुन । नेपालमा अब अर्को जनआन्दोलनको आवश्यकता रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले बताए ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष गजुरेलले नेपाल अहिले संक्रमणकालको अवस्थामा रहेकोले अब यस अवस्थाबाट देशलाई बचाउने अन्तिम विकल्प सडक आन्दोलन भएकोे बताए ।
वर्तमान सरकार दुई तिहाईको भएकाले यस सरकारलाई संसदबाट हटाउन नसकिने भन्दै उनले अब सडक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए । देशभक्त जनगणतान्त्रिक मोर्चाले फागुन २४ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने तयारी गरेको छ ।