लिम्पियाधुरा सहितको पुरानो नक्सा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

लिम्पियाधुरा सहितको पुरानो नक्सा सार्वजनिक

cp gajurel

काठमाडौं, ४ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चाले लिम्पियाधुरा सहितको पुरानो नक्सा सार्वजनिक गरेको छ । मोर्चाले बुधवार राजधानीमा भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरुद्ध बिरोध प्रदर्शनका क्रममा नेपालको पुरानो नक्सा सार्वजनिक गरेको हो ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले चीनसँगको युद्ध हारेपछि भारतले बिगत ५७ बर्षदेखि नेपाली भुमि कालापानीमा आफ्नो सेना राखिरहेको भन्दै पछिल्लो समय नेपाली सीमामा भारतीय सैनिकको संख्या बढाएको उल्लेख गर्नुभयो । उहाँले भारतीय अतिक्रमण विरुद्ध मुलुकको हरेक क्षेत्रबाट आन्दोलन गर्न समेत आग्रह गर्नु भयो ।