डीपीएल क्रिकेट : काठमाण्डौद्वारा क्यालीफायर खेल बहिष्कार, महेन्द्रनगर युनाइटेड फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डीपीएल क्रिकेट : काठमाण्डौद्वारा क्यालीफायर खेल बहिष्कार, महेन्द्रनगर युनाइटेड फाइनलमा

dpl-3

काठमाडौँ, १० फागुन । काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबारको खेल बहिष्कार गरेको छ ।

काठमाण्डौले आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै क्वालिफायर खेल बहिष्कार गरेको हो । काठमाण्डौले खेल बहिष्कार गरेपछि महेन्द्रनगर युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो ।काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ, मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएका छन् ।

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको हो । काठमाडौंले जितेका तीनै खेलमा दवास अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए । भारतीय खेलाडी दवासले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए । यस बाहेक उनले लिगमा १ सय ५३ रन पनि बनाएका थिए । काठमाण्डौले खेल बहिष्कार गरेसंगै शनिबार हुने फाइनल खेल महेन्द्रनगर र सीवाइसी अत्तरिया बीच हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);