काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको सपनालाई यथार्थमा रुपान्तरण गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन आह्वान गरेका छन् ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको दशकौंदेखिको सपनालाई पूरा गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका हुन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको उल्लेख गर्दै जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्न सफल भएकोमा गौरवको अनुभूति भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध रुपमा स्थापित हुन नदिने प्रयास भईरहेको भन्दै त्यस्ता तत्वविरुद्ध कडाईका साथ प्रस्तुत हुने बताए ।
उनले द्धन्द्ध व्यवस्थापन आफनै मौलिक ढंगले गरेर नेपालले आफ्नो प्रतिष्ठा अन्तराष्ट्रिय क्षेत्रमा समेत उँचो बनाएको उल्लेख गरे । विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक अंगका प्रमुखहरुलगायतको सहभागिता गरेको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अंकित व्यानर प्रर्दशन, गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।