स्पेनिस लिग फुटवल: जिरोनाद्वारा रियाल मड्रिड पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

स्पेनिस लिग फुटवल: जिरोनाद्वारा रियाल मड्रिड पराजित

real madria

काठमाडौं, ६ फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ ।

आइतवार राती भएको खेलमा रियाल मड्रिडलाई तालिकाको १५ औं स्थानमा रहेको जिरोनाले २–१ ले हराएको हो । रियाल मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि क्यासेमिरोले पहिलो गोल गरेका थिए । तर जिरोनाका क्रिस्चियन स्टुवानी र पोर्टुले एक एक गोल फर्काउँदै पाहुना टोलीलाई विजयी गराएका हुन । खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि रियाल मड्रिड १० खेलाडीमा समेटिएको थियो ।

यो खेलपछि रामोस ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनले करियरमा ला लिगामा मात्रै २० वटा रातो कार्ड खाएका छन् । हारपछि रियाल मड्रिडले तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । तेस्रो स्थानको रियालले २४ खेलबाट ४५ अंक जोडेको छ । समान खेलबाट ५४ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४७ अंक रहेको छ ।