वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बाेले अर्को झुट | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बाेले अर्को झुट

rabindra_adhikari

काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

गत साता मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए । यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो ।

‘मैले जिम्मेवारी सम्हानुअघि २०७४ मंसिर ७ गते सर्वोच्च अदालतबाट वाइडवडी खरिद सम्बन्धमा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारभित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र त्यसमा कुनै कानुनी त्रुटी भए/गरेको नपाइँदा निवेदनको मागबमोजिम आदेश जारी गर्न मिलेन भनी फैसला भएको थियो, पत्रकार सम्मेलनमा अधिकारले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);