पृथ्वीनारायण शाहलाई सिंगो राष्ट्रले सम्मान गर्नुपर्छ : रक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

पृथ्वीनारायण शाहलाई सिंगो राष्ट्रले सम्मान गर्नुपर्छ : रक्षामन्त्री पोखरेल

ishwor pokhrel

काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताएका छन् ।

शुक्रबार २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले सबै जाति, भाषा र संस्कृतिलाई एउटै छातामुनि गोलबन्द गरेर नेपाल एकीकरण गर्नु भएका पृथ्वी नारायण शाहलाई देशप्रति माया राख्ने हरेक नेपालीले सम्मान गर्ने पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेपालको एकीकरण गरेर स्वाधिन र स्वतन्त्र राष्ट्रको रुपमा नेपाली नागरिक बन्ने अवसर पृथ्वीनारायण शाहले प्रदान गर्नु भएको बताए । उनले राष्ट्रनिर्माताको योगदानबारे भावी पुस्तालाई पनि जानकारी गराउने उद्देश्यका राष्ट्रिय एकता दिवसलाई देशभर मनाइएको बताए ।

पृथ्बी जयन्तिका अवसरमा र्‍याली समेत निकालिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आह्वानमा कमलादीस्थित प्रज्ञा भवनबाट निस्किएको र्‍याली कमलादी, घण्टाघर, भद्रकालीहुँदै सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकसम्म पुगेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);