क्रिश्चियन धर्मसंग आफनो नाम जोडिएको भन्दै नेता नेपालको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

क्रिश्चियन धर्मसंग आफनो नाम जोडिएको भन्दै नेता नेपालको आपत्ति

madhav kumar nepal

काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भईरहेको भन्दै आपत्ति जनाएका छन् ।
नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तराष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टिकरण पनि दिए ।

सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषयमा काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रश्न उठाएका थिए । सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू समिटमा सहभागी भएको दावी गरे ।

नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको उल्लेख गरे । उनले एशीया प्यासिफिक समिटमा नेपाली कांग्रेसका नेताहरु पनि सहभागी हुने गरेका उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);