पार्टीको वृहत हितमा लाग्न उच्च नेतृत्वलाई शशांकको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

पार्टीको वृहत हितमा लाग्न उच्च नेतृत्वलाई शशांकको आग्रह

sashank koirala

काठमाडौं, २९ मंसिर । नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले पार्टीको वृहत हितमा लाग्न उच्च नेतृत्वलाई आग्रह गरे ।

ओहदा भन्दा कामलाई स्मरण गरिने भएकाले पदिय हैसियत कायमलाई प्राथमिकतामा नराख्न पनि उनले आग्रह गरेका छन् । पार्टी एकताका लागि आफुले आवश्यक सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जाहेर गरे ।

महासमिति बैठक नीति निर्माण गर्ने बैधानिक थलो भएकाले वस्तुनिष्ठ समिक्षा गर्दै एकताका साथ भावी रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए । सांगठनिक अवस्थाको सुदृढीकरण गर्दै भविश्यका लागि उपयुक्त नीति बनाउँदै निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उनको तर्क थियो ।

जाडोको अवस्थामा रुखका पातहरु सुक्ने तर वृक्ष बाँचीरहने गरेको प्रसंग उल्लेख गर्दै उनले पात झर्दै गर्दा उसलेसंगै आउँदो बसन्त ऋतुमा हराभरा हुने तरंग दिने गरेको भन्दै आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले विपीका सिद्धान्त र मान्यतालाई अघि बढाउँदै लैजाने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);