महाकाली भन्सार कार्यालयमा कर्मचारी अभाव हुँदा राजस्व संकलनमा कठिनाइ | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

महाकाली भन्सार कार्यालयमा कर्मचारी अभाव हुँदा राजस्व संकलनमा कठिनाइ

बैतडी, १३ मंसिर । नेपाल–भारत सिमा क्षेत्रमा पर्ने बैतडी जुलाघाटस्थीत महाकाली भन्सार कार्यालयमा वषौँदेखि कर्मचारी अभाव हुँदा राजस्व संकलनमा कठिनाई उत्पन्न भएको छ ।

कर्मचारी अभावका कारण यस कार्यालयबाट राजश्व संकलनमा समस्या उत्पन्न भएको हो । एक जना अधिकृत, ३ जना नायब सुब्बा, १० जना खरीदार, १ जना लेखापान, २ जना टाइपिस्ट र १० जना कार्यालय सहयोगी दरबन्दी रहेको माहाकाली भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी र टाइपिस्ट बाहेक कुनै दरबन्दी पनि पुरा छैन् ।

अहिले अन्यत्र सरुवा भैसकेका एक जना नायब सुब्बाको भरमा भन्सार कार्यालय चलिरहेको छ । १० जना खरिदारको दरबन्दी रहेकोमा हाल एक जना पनि नहुँदा राजस्व संकलनमा समस्या भएको नायव सुब्बा दिल्लीराम सुवेदीले बताए ।

माहाकाली भन्सार कार्यालयले जुलाघाट र दार्चुला नाका हेर्ने गर्दछ । दार्चुलामा पनि एक जना सुब्बाको भरमा कार्यालय छाडिएको छ । कर्मचारी अभावका कारण राजश्व कम उठ्नुका साथै भन्सार छलि हुने समस्या बढेको छ ।

चालु आर्थिक वर्ष ०७५÷०७६ का लागि एक करोड १९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको महाकाली भन्सार कार्यालयले पहिलो चौमासिकसम्म ३५ लाख ९७ हजार रुपयाँ मात्रै राजस्व संकलन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);