देराका सर्मथकले भड्काएको हिंसामा मृत्यु हुनेको संख्या ३६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एजेन्सी, ११ भदौ । भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै हरियाणामा भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुगेको छ ।

 

सिंहका समर्थकहरुले अदालतले गरेको फैसलाको विरोध गर्दै हिंस्रक प्रदर्शन गर्दा ३६ जनाको ज्यान गएको हो । प्रदर्शनकारीले सरकारी भवन तथा सरकारी र निजी सवारीसाधनमा आगजनी गरेपछि हिंसा चर्किएको हो । त्यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । प्रहरीले केही हतियारसमेत बरामद गरेको छ । प्रदर्शनकारीले ३७ वटा सवारीसाधन ध्वस्त पारेका छन् । प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्नुका साथै लाठी चार्ज गर्दासमेत प्रदर्शन रोकिएको छैन ।

अदालतले गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था सच डेरा सौदाका प्रमुखसमेत रहेका सिंहले आफ्ना दुई अनुयायी महिलामाथि बलात्कार गरेको ठहर गरेपछि प्रदर्शनले उग्ररुप लिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);