डडेल्धुरा बसपार्कमा यात्रुको चाप | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

डडेल्धुरा बसपार्कमा यात्रुको चाप

dadheldhura buspark

बिमल जैरु
डडेल्धुरा, २७ कात्तिक । दशैँ तिहार जस्ता पर्व सकिएलगत्तै डडेल्धुरा बसपार्कमा यात्रुहरुको भिड बढेको छ । रोजगारी तथा व्यापार व्यवसाय र अध्ययन गर्नका लागि जिल्ला बाहिर जाने आउनेको बसपार्कमा अहिले भिडभाड हुन थालेको हो ।

दशै, तिहारजस्ता महत्वपूर्ण चाड सकिने वित्तिकै डडेल्धुरा बसपार्कमा यात्रुहरुको चाप वढ्न थालेको छ । डडेल्धुराबाट विभिन्न ठाउँमा जाने यात्रुहरु बसपार्कमा पुग्नुपर्ने भएकाले यहाँ यात्रुको चाप बढेको हो ।

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाको प्रमुख केन्द्रका रुपमा डडेल्धुरा सदरमुकाम रहेकाले पनि अन्य जिल्लाको तुलनामा डडेल्धुरा वसपार्कमा मानिसहरुको भिडभाड हुने गरेको छ । यस्ता यात्रुहरुलाई लक्षित गरी दशै अगाडीदेखिनै सहज यात्राको व्यवस्था मिलाएको यातायात समितीहरुले दावी गरेका छन् ।

डडेल्धुरावाट अहिले दैनिक पाँच सय भन्दा बडी सवारी साधन भित्रिने र बाहिरने गरेका छन् । तर, ट्राफ्रिक चेकिङ लगायतका व्यवस्थामा भने सुरक्षा निकाय कमजोर भईदिदा दुर्घटना लगायत विचमा यात्रुहरुले दुख पाउन क्रम भने रोकिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);