पीपीएल : चितवनद्वारा काठमाडाैं १३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

पीपीएल : चितवनद्वारा काठमाडाैं १३ रनले पराजित

ppl-chitwanskathmandu

पोखरा, १५ कात्तिक । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।

बिहिबार भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सलाई १३ रनले हराएर चितवनले लगातार दोस्रो जित हात पारेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका गौरव तामोरले ३९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । त्यस्तै पवन सर्राफले २८ रन जोड्दा जयकिशन कोल्शावालाले १८ रन जोडे । चितवनका करण केसीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

चितवनका लागि ओपनर हरि शंकर साहले ६० रनको रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । हरीको यो लगातार दोस्रो अर्धशतक हो । हरीले बुधबार धनगढीविरुद्ध अर्धशतक बनाएका थिए ।

यस्तै चितवनका स्मित पटेलले ३१ रन जोड्दा अनिल कुमार साहले २७ रन बनाए । कप्तान पारस १४ रनमा आउट हुँदा सन्नी पटेलले १३ रन जोडे ।

काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिदा नन्दन यादव र पवन सर्राफले १/१ विकेट लिए ।

अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको चितवनले लगातार दोस्रो जित निकालेको हो । बुधबार चितवनले एक्स्पर्ट धनगढी ब्लुजलाई हराएको थियो ।

जितसंगै चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले ३ खेलबाट ४ अंक नै जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);