पोखरा, १५ कात्तिक । पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले काठमाडौ रोयल्सलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढी विरुद्ध पहिलो जित निकालेको चितवनले आजपनि राम्रो सुरुवात गर्न सफल भयो ।
पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाह विच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे । त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किए ।
धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरीशंकरले आजपनि ६० रनको योगदान गरे । उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङ तर्फ बसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए ।




