काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई रुघा खोकी तथा मौसमी ज्वरोको संक्रमण देखिएको हो ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा निजी डाक्टरमार्फत उपचार गराई आराम गराइराखेका छन् । अस्वस्थ भएकै कारण प्रधानमन्त्री ओली आफ्नैं पार्टी नेपालकम्युननिष्ट पार्टी नेकपाले दशै, तिहार, छट तथा नेपाल सम्बतका अवसरमा शनिबार आयोजना गरेको चियापनमा समेतअनुपस्थित रहेका थिए ।
प्रधानमन्त्रीलाई घाँटी तथा छातिमा समस्या देखिएको छ । स्वास्थ्य समस्या मौसमी भएकाकारण चाँडै सुधार आउने जानकारी निजी डाक्टरहरुले दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




