बेगनास र रुपातालबाट पनि विद्युत उत्पादन : कुलमान | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

बेगनास र रुपातालबाट पनि विद्युत उत्पादन : कुलमान

kulman

काठमाडौं, ९ कात्तिक । सरकारले बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खाना पकाउने ग्याँसलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पारे ।

पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत प्रशारण लाईनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

प्राधिकरणले पाँच वर्ष भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);