पछिल्लो डेढ महिनामा निगमलाई दुई अर्ब घाटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पछिल्लो डेढ महिनामा निगमलाई दुई अर्ब घाटा

Oil Nigam

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमलाई पछिल्लो डेढ महिनामा दुई अर्ब रुपैयाँ घाटा भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको निगमले जनाएको छ ।

अघिल्लो एक महिनामा निगमको घाटा १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यमा ७९ करोड रुपैयाँ बढेर आएकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड पुगेको हो ।

निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ घाटा छ । यस्तै पेट्रोल प्रतिलिटरमा ८ रुपैयाँ ५० पैसा र डिजेलमा ९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

निगमलाई मट्टितेल र हवाई इन्धनमा भने नाफा भएको छ । इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो एक महिनायता बजारमा मूल्य समायोजन गरेको छैन । जसका कारणले पनि निगमको घाटा चुलिँदै गएको हो ।

इन्धनको मूल्य बढेकाले निगमको घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको निगमको भनाई छ । डलरको मूल्य बढेकाले निगमको पनि ईन्धन घाटा बढ्दै गएको निगमको दावी छ । निगमले इन्धन खरिदवापत आइओसीलाई साउन यता ४८ अर्ब रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);