काठमाडौं, ६ कात्तिक । काठमाडौंमा मंगलवारबाट बिजुली बस संचालन भएको छ । धुवा धुलोबाट अक्रान्त काठमाडौँ बासीले विद्युतीय बस संचालनले राहत पुग्ने विश्वास गरिएको छ ।
एसियाली विकास बैकको सहयोगमा लुम्बीनी विकास कोषको सहकार्यमा साझा बसलाइ संचालनको जिम्बेवारी दिइएको छ । विद्युतिय बसको सुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुतीय बसले पेट्रोयिम पदार्थवाट चल्ने सवारीसाधनलाई बिस्थापित गर्ने तथा यस्ता सवारी साधनले वातावरण प्रदूषणको समस्या कम गर्ने सहयोग गर्ने बताएका छन् ।
साझा यातायातले काठमाडौँ उपत्यकामा संचालन गर्ने गरी विद्युतीय बस भित्राएको छ । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रदूषण कम गर्नका लागी विद्युतीय बसले ठुलो सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । सरकारले राष्ट्रिय कार्ययोजनाको रुपमा विद्युतीय बसको अवधारणा राखेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अघिकारीले पर्यटक क्षेत्रहरुलाई बिधुतीय बसको व्यवस्था गर्ने बताए । वातावरण प्रदूषण कम गर्नका लागी सरकारले हालको लागी लुम्बिनी क्षेत्रमा विद्युतीय बसहरु संचालनमा ल्याइने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए ।
चालकसहित २० सिट क्षमताका बसमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन् भने गाडीलाइ अपाङमैत्री बनाइएको छ । बसलाइ चार्ज गर्नका लागी नेपाल बिधुत प्राधिकरणले २० स्थानमा चार्जिङ स्टेस्शन बनाउने तयारी गरिरहेको छ । यी बसहरूलाई लुम्बिनी क्षेत्रमा गुडाइने भएपनि हालको लागी काठमाडौंमा संचालनमा ल्याइएको हो । सन २०५० सम्म पेट्रोलियम पर्दाथको निर्भरतालाइ कम गर्ने सरकारको लक्ष्य रहको छ ।