तान्जानियामा डुङ्गा दुर्घटना हुँदा ४२ को मृत्यु, सयौँ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

तान्जानियामा डुङ्गा दुर्घटना हुँदा ४२ को मृत्यु, सयौँ बेपत्ता

तान्जानियामा डुङ्गा दुर्घटना हुँदा ४२ को मृत्यु, सयौँ बेपत्ता

Tanzania ferry capsize

एजेन्सी, ५ असोज । तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने सयौँ हराईरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ भने ३२ को अवस्था चिन्ताजनक छ ।

बिहीबार दिउँसो दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको ‘फेरी’ डुङ्गामा झण्डै ४ सय जना रहेको र झण्डै २ सय जना यात्रु डुबेको आशंका गरिएको छ । तर, अहिलेसम्म यकिन संख्या खुलि नसकेको त्यहाँका सरकारी अधिकारीले बताएका छन ।

मुगोरारा र उकाला टापुको यात्रामा निस्केको फेरीको क्षमता १ सय जनाको मात्रै भए पनि क्षमताभन्दा निकै बढी यात्रुहरु चढेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनास्थल तान्जानियाको दोस्रो ठूलो शहर मवानजा नजिकै पर्छ । भिक्टोरिया तालमा डुङ्गा दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

आजभन्दा २२ वर्षअघि सन् १९९६ मा भएको डुङ्गा दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएमा थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पछिल्लो दुर्घटनालाई त्यसपछिको भयानक भनेका छन् । तान्जानियाको इलेक्ट्रिकल, मेकानिकल एण्ड इलेक्ट्रिोनिक्स सर्भिस एजेन्सी (टीईएमईएसए) ले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);