अख्तियारको प्रमुख आयुक्तमा नबिन कुमार घिमिरेको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८१, बुधवार

अख्तियारको प्रमुख आयुक्तमा नबिन कुमार घिमिरेको नाम सिफारिस

aaktayar durupayog anusandhan aayog

काठमाडौं, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन् ।

संवैधानिक परिषदको बुधबार बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तीको विषयमा पनि छलफल गरिएको परिषदका सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);