गणतन्त्र स्थापनाका लागि भारतको महत्वपूर्ण सहयोग रहेको सभामुख महराको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

गणतन्त्र स्थापनाका लागि भारतको महत्वपूर्ण सहयोग रहेको सभामुख महराको भनाइ

krishana bdr mahara

काठमाडौं, २९ साउन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतको महत्वपूर्ण सहयोग रहेको बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा मंगलबा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख महराले नेपालको विकास निर्माण देखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागिसमेत भारत साथ सहयोग रहेको बताए । दुई मुलुकबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै उहाँले सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनुपर्नेमा जोड दिए । नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);