डडेल्धुरा, भदौ ५ । कैलालीको खानीडाँडामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २१ जना घाईते भएका छन् ।
धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटना परि डोटीको गडसेरा बस्ने ६० वर्षीय नरबहादुर देउवाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाईते मध्ये केहीको अत्तरीया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस सडक भन्दा १५० मिटर तल खसेको जनाईए पनि दुर्घटनाको कारण भने खुलिसकेको छैन ।
तस्बिर : निसानी प्रकाशको फेसबुकबाट