डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १८ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाण्डौँ, २ कार्त्तिक । डोटीको बागछेडाबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस बडिकेदार गाउँपालिका-२ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् ।

बिहीबार विहान करिब साढे १० बजेतिर सुदूरपश्चिम यातायातको ना. ३ ख ५६४८ नम्बरको बस भिरबाट तल खसेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा एक जना महिला, एक जना पुरुष र एक जना बच्चा रहेको छ । बडीकेदार गाउँपालिका-४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । अर्का मृतक सोही गाउँका तीन बर्षीया बालिकाको भने सनाखत हुन सकेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);