बाढी र डुबानको दिर्गकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

काठमाडौँ, ५ भदौ । सांसदहरुले बाढी र डुबानको समस्या समाधानका लागि दिर्घकालिन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

सोमबारको व्यवस्थापिका संसदको बिषेश समयमा बैल्दै सांसदहरुले बर्षेनी बाढी र डुबानबाट ठूलो मात्रामा जनधनको क्षती हुनेगरेको भन्दै समस्या समाधान गर्न दिर्घकालिन योजना बनाउनुपर्ने बताए । सांसद माधवकुमार नेपाललले दक्षिणतर्फ भारतद्धारा निर्मित बाँध र तटबन्धका कारण बाढीले क्षती पुर्याउने भन्दै त्यसतर्फ गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

 

सांसद महेन्द्रराय यादवले विपत व्यवस्थापन ऐन बनाउनुको साथै चुरे संरक्षणमा विशेष पहल गरी सधैको लागि बाढीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्  । उनले भारतीय बाँध र तटबन्धका कारण बर्षेनी नेपाल र नेपालीलाई समस्या परेको हो भने जलस्रोत र तटबन्धका बारेमा ठोस निति बनाउन आग्रह गरेका हुन् ।

 

 

सांसद शेषनाथ अधिकारीले चितवनमा पनि बाढीले अर्बै रुपैयाको क्षति पु¥याएको भन्दै विशेष राहतको व्यवस्था गर्न माग गरेका छन् । ।

 

 

सांसद कुन्ती शाहीले बाढी र डुबान प्रभावितलाई राहत वितरणको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । । बैठकको सुन्य समयमा बोल्ने सांसदहरुले पनि पहाडमा पहिरो र तराईमा डुबानबाट प्रभावित जनताले अझै राहत पाउन नसकेको भन्दै तत्काल प्रभावितलाई राहत उपलब्ध गराउन माग गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);