विमल जैरु
डडेल्धुरा, १७ साउन । डडेल्धुरामा भण्डारणगृह नहुँदा तरकारी बिग्रन थालेको छ । भण्डारणगृह नहुँदा लाखौं मूल्यको तरकारी कुहिएर फाल्नु परेको कृषक र तरकारी व्यवासायीले गुनासो गरेका छन् ।
डडेल्धुरामा तरकारी भण्डारणगृह नहुँदा लाखौं मूल्य बराबरको तरकारी कुहिन थालेको छ । अमरगढी नगरपालिकामा रहेको कृषक सहकारी संस्था लिमिटेले कृषकबाट खरिद गरेको तरकारी कुहिन थालेको हो । विभिन्न स्थानबाट उत्पादन भएको तरकारी तथा फलफूल एक दुई दिन सम्म पनि राख्न राख्ने ठाउँ नभएपछि कुहिन थालेको हो । काउली, टमाटर, मुला, लगायतका तरकारी कुहिएर फालिएको छ ।
डडेल्धुरामा उत्पादित भएको तरकारीले बजार समेत पाउन नसकेको कृषक र तरकारी व्यवसायीले गुनासो गरेका छन् । अमरगढी नगरपालिकाले बजारका लागि पहल गरिरहेको जनाएको छ ।
डडेल्धुरामा उत्पादन भएको तरकारी कैलाली नेपालगन्ज, बाँकेमा ल्याउने गरिएको छ । तरकारीको लागि पकेट क्षेत्र मानिएको डडेल्धुरामा भण्डारणगृृह नहुँदा कृषक र व्यवसायी मारमा परेका छन् ।




