एपीएफको जितमा सावित्राको चार गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एपीएफको जितमा सावित्राको चार गोल

apf-vs-rautahat

काठमाडौं, १२ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले सफलता हात पारेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ क्लबले रौतहट जिल्ला फुटबल संघलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। एपीएफ क्लबको सजिलो जितमा सावित्रा भण्डारी एक्लैले चार गोलको योगदान गरिन्।

सावित्राले निर्धारित समयको ३०औं, ५४औं, ५५औं र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेकी थिइन्। खेल सुरु भएको छैटौं मिनेटमै सरु लिम्बूले एपीएफ क्लबलाई अग्रता दिलाएकी थिइन्। सरुले ४०औं मिनेटमा व्यक्तिगत रूपमा दोस्रो गोल गरेकी थिइन्। अर्को एक गोल भने ७९औं मिनेटमा अनिता बस्नेतले गरेकी थिइन्।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं जिल्ला फुटबल संघलाई ८-० गोलको विशाल अन्तरले पराजित गर्‍यो। आर्मी क्लबका लागि दीपा राईले ह्याट्रिक गरेकी थिइन्। उनले निर्धारित समयको ४४औं, ५३औं र ५६औं मिनेटमा गोल गरिन्। कृष्णा खत्रीले पनि दुई गोलको योगदान गरिन्। उनले निर्धारित समयको ३४औं र ४३औं मिनेटमा गोल गरिन्। यसैगरी विमला बीकेले २४औं, इन्दिरा राईले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट र कविता धिमालले ८३औं मिनेटमा एक-एक गोल थपेका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);