युट्युबबाट लाखौँ कमाउने बालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

युट्युबबाट लाखौँ कमाउने बालिका

charli

एजेन्सी , १२ साउन । केही समययता इन्टरनेटमा १२ वर्षीया बालिकाको चर्चा चुलिएको छ । उनको हैसियत कुनै हलिउड स्टारको भन्दा कम छैन । १२ वर्षीया चार्लीले युट्युबमार्फत प्रत्येक महिना एक लाख २७ हजार डलरभन्दा बढी कमाउने गर्छिन् । उनले आफू छ वर्षको हुँदादेखि फुड एण्ड कुकिङ (खाना र पाक्कला) सम्बन्धी युट्युब सञ्चालन गर्दै आएकी छिन् ।

चार्लीलाई उनकी नौ वर्षीया बहिनी एस्लीले पकवान चाखेर स्वाद कस्तो छ, त्यसका बारेमा जानकारी गराउँछिन् । ‘चार्ली क्राफ्टी किचन’ नामक युट्युब च्यानलमा खासगरी फुड एण्ड र कुकिङसम्बन्धी बेकिङ टिप्स समोवश गरिएको छ ।

चार्लीले आफ्नो भिडियो सन् २०१२ मा सुट गर्न शुरु गरेकी थिइन्, जब उनी छ वर्षकी मात्र थिइन् । अहिले यो च्यानलको आठ लाख ९५ हजार सब्सक्राइबर रहेका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);