निर्मलाको नाममा युट्युब च्यानलको व्यापार | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

nirmala pant-youtube byapar

काठमाडौं, २० असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्धरूपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ।

घटनालाई तोडमोड गरेर युट्युब च्यालनमा राख्ने र पैसाका लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ।

‘गृहमन्त्रीकै अगाडि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै कार्यक्रममै उत्रिँदा प्रहरीद्वारा धरपकट’ भन्दै युट्युब च्यानलमा भिडियो अपलोड भएपछि उक्त भिडियो एक लाख बढीले हेरेका छन्।

त्यसैगरी ‘यसरी बलात्कार गरेछन् निर्मला पन्तका हत्याराले बाहिरियो डरलाग्दो गोप्य’ भन्दै युट्युबमा लिङ्क सेयर गरिएको छ जुन दृश्य ३ हजार बढीले हेरेका छन्। ‘निर्मला पन्तको बलात्कारी पुलिस नै रहेछ’ भन्दै युट्युबमा हालिएको भिडियो ७ हजार बढीले हेरेका छन्।

‘निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै आमाबाउको गुहार’ भन्दै सैघाली खबर अनलाइन टिभीले आफ्नो च्यानलमा भिडियो अपलोड गरेको केही समयमा नै उक्त भिडियो एक लाखले हेरेको सो च्यानलले सगौरव प्रस्तुत गरेको छ।
ती च्यानलहरूले आफूलाई अब्बल बनाउन निर्मलालाई अगाडि सार्दै अनर्गल प्रचारसमेत गरेको देखिन्छ। अहिले सयौं युट्युब च्यानलमा निर्मलाको नाम जोडेर लिकंहरू राखिएका छन्।

च्यानलको प्रचार र आम्दानीको स्रोत बढाउन ती च्यानलले लिंक सेयरसमेत गरेको देखिन्छ ।

युट्युबमा भिडियो सेयरको संख्या धेरै भए तीनदेखि पाँच लाख रूपियाँसम्म कारोबार हुने भएकाले यसो गरेको युट्युब च्यानल चलाउँदै आएकाहरूको दाबी छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);