केसीको अनसन कम्युनिष्ट सरकारविरुद्धकाे ग्राण्ड डिजाइन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

केसीको अनसन कम्युनिष्ट सरकारविरुद्धकाे ग्राण्ड डिजाइन : भट्टराई

Yogesh-Bhattarai

काठमाडौं, ९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाईन भएको आरोप लगाएका छन् ।

सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाईन भएकाले केसीको अनसनलाई काँग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ । उनले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पाँच वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न पनि काँग्रेसलाई चेतावनी दिए । नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने स्पष्ट पारे । नेता भट्टराईले काँग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।