प्रेम भाट
बैतडी, ५ साउन । बैतडीमा प्रशोधन गर्ने मेसिनको अभावमा करोडौँ मूल्य बराबरको चिउरी खेर गएको छ । जिल्लाका अधिकांस क्षेत्रमा पाईने चिउरी खेर जाँदा किसानहरु चिन्तित बनेका छन् ।
बैतडी जिल्लाको अधिकांस बेसि क्षेत्रमा प्रशस्त पाईने बहुउपयोगी फल चिउरीको सदुपयोग हुन नसक्दा किसानहरुले त्यसको लाभ लिन सकिरहेका छैनन् ।
चिउरी प्रसोधनका लागि मेसिन नहुँदा उनिहरुले चिउरीको सदुपयोग गर्न नसकेका हुन् । गाँउमा प्रसस्तै रहेका चिउरी बोटहरुको संरक्षण र फलहरुको प्रसोधन गरेर मह लगायत विभिन्न परिकार उत्पादन गर्न सकिने भए पनि मेसिनको अभावमा किसानहरु आधुनिक उत्पादन गर्नबाट बञ्चित भएका छन् । जिल्लाका उद्यमी किसानहरुले चिउरी प्रसोधन मेसिनको माग पनि गरेका छन् ।
परम्परागत तरीकाबाट भए पनि अहिले बैतडीका किसानहरु कोलबाट चिउरीको तेल निकाल्नुका साथै चिउरीको फुलमा रहेको रस जम्मा गरि गुड पनि बनाउने गर्दछन् ।
जुन स्थानीय बजारमा दुई हजार देखि पच्चीस सय रुपयाँ प्रतिकिलोमा किनबेच गरिन्छ । दोगडाकेदार गाँउपालिकाका स्थानीय उद्यमीहरुले त चिउरीबाट हर्बल साबुन उद्योग समेत संचालन गरिरहेका छन् । यसरी उत्पादित साबुन प्रतिगोटा ४० देखि ६० रुपयाँसम्ममा बिक्री हुने गरेको छ ।