मकवानपुर, ३० असार । उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ ।
उच्च अदालत हेटौंडाका न्यायधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।