बजारमा जर्सी किन्नेको घुँईचो अझै घटेन | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

बजारमा जर्सी किन्नेको घुँईचो अझै घटेन

तेजना पण्डित
काठमाडौं, ४ असार । फुटबलको कुम्भमेला विश्वकप सुरु हुनु अगाबै बजारमा देखिएको जर्सी किन्नेको घुँईचो अझै घटेको छैन । नेपालमा खासगरी ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेनजस्ता देशको जर्सीको बढी माग हुनेगरेको व्यवसायीहरुको भनाइ ।

बजारमा जताततै विभिन्न देशका फुटबल टोलीको जर्सी विक्रिका लागि राखेको देख्न सकिन्छ । समर्थकह पनि आफूलाई मनपर्ने देश र खेलाडीको जर्सी किन्न तँछाडमछाड गरिरहेका छन् । विश्वकप सुरु हुनुभन्दा करिब १ महिना अघि देखि नै बढेको जर्सीको माग अझै घटेको छैन ।

चार वर्षमा एक पटक हुने विश्वकप आफूलाई मनपर्ने देश र खेलाडीको जर्सी लगाएर हेर्दा मैदानमै सहभागि भएको जस्तो अनुभूति हुने समर्थकहरुको भनाइ छ । एउटै व्यक्ति पनि फरक–फरक देश र खेलाडिको जर्सीसमेत किन्ने गरेका छन् ।

सन् १९९८ देखि जर्सी बेच्दै आएका बाबुकृष्ण सापकोटाकाे भनाइमा नेपाली समर्थकहरुको रोजाइ ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेनजस्ता देशहरु छन् ।

ताजा समाचार