काठमाडौं, ४ असार । राष्ट्रियसभा सदस्यको कार्यकाल गोला प्रथाबाट टुंगो लगाइएको छ । राष्ट्रियसभा नियमावली पारित हुन समय लागेपछि पहिलो बैठक बसेको साढे तीन महिनापछि मात्र सदस्यहरुको कार्यकाल टुंगो लागेको हो । योसँगै राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ ।
अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो ।
गोलाप्रथामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष तय भएको छ ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ भने अर्थमन्त्री युवराज खतिवडाले २ वर्षे कार्यकालको चिठ्ठा ताने । नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको चार, कांग्रेस संसदीय दलको नेता सुरेन्द्र पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने २ वर्षमा सीमित भएको छ ।
निर्वाचनमा खुम्चिएको कांग्रेस गोलाप्रथामा पनि ठगिएको छ । राष्ट्रियसभामा कांग्रेसका १३ सदस्यमध्ये ७ सांसदको अवधि दुई वर्षमा नै सकिने भएको छ ।
२ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ । राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुनेछ ।
कुन प्रदेशका सांसदको पदावधि कति ?
प्रदेश नम्बर एक :
महिलातर्फ
नैनकला ओझा –नेकपा –४ वर्ष
विना पोखरेल–नेकपा–६ वर्ष
सरिता प्रसाई–कांग्रेस–२ वर्ष
खुला तर्फ
पर्शुराम मेघी गुरुङ–नेकपा–४ वर्ष
रमेश जंग रायमाझी–कांग्रेस– ६ वर्ष
हरिचरण सिवाकोटी–नेकपा– २ वर्ष
दलित तर्फ
खेमराज नेपाली– नेकपा– २ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
अगम प्रसाद वान्तवा राई – ४ वर्ष
प्रदेश नम्बर २
महिलातर्फ
प्रमिला कुमारी–संघीय समाजवादी फोरम–६ वर्ष
मुक्ता कुमारी यादव–कांग्रेस–२ वर्ष
शशिकला दाहाल–नेकपा–४ वर्ष
खुला तर्फ
जितेन्द्र नारायण देव–कांग्रेस–६ वर्ष
रमेश प्रसाद यादव–राजपा–२ वर्ष
सुमनराज प्याकुरेल–नेकपा–४ वर्ष
दलित तर्फ
रामपृत पासवान–संघीय समाजवादी फोरम–२ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
बृषेश चन्द्रलाल–राजपा–२ वर्ष
प्रदेश नम्बर ३
महिलातर्फ
उदया शर्मा पौडेल –नेकपा– ४ वर्ष
दिल कुमारी थापा रावल–नेकपा–६ वर्ष
धनकुमारी खतिवडा–कांग्रेस– २ वर्र्ष
खुलातर्फ
बलराम प्रसाद बासकोटा–नेकपा–२ वर्ष
राधेश्याम अधिकारी–कांग्रेस– ४ वर्र्ष
राम बहादुर थापा बादल–नेकपा– ६ वर्ष
दलित तर्फ
सिंग बहादुर विश्वकर्मा–नेकपा–६ वर्ष
अपांगता तथा अल्पसंख्यक
रामचन्द्र राई–नेकपा–६ वर्ष
प्रदेश नम्बर ४
महिलातर्फ
दिपा गुरुङ–नेकपा–६ वर्ष
बिन्दादेवी आले–कांग्रेस–२ बर्ष
शान्ती कुमारी अधिकारी जिसी–४ वर्ष
खुला तर्फ
गणेश प्रसाद तिमल्सिना–नेकपा–६ वर्ष
दिनानाथ शर्मा–नेकपा– ४ वर्ष
सुरेन्द्रराज पाण्डे–कांग्रेस– २ वर्ष
दलित तर्फ
खिम कुमार बि.क–नेकपा–४ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
प्रकाश पन्थ– कांग्रेस– ६ वर्ष
प्रदेश नम्बर ५
महिलातर्फ
अनिता देवकोटा–कांग्रेस–६ वर्ष
कोमल ओली–नेकपा–४ वर्ष
मिना बुढा–नेकपा– २ वर्ष
खुलातर्फ
खिमलाल भट्टराई–नेकपा–६ वर्ष
चन्द्र बहादुर खड्का–नेकपा–४ वर्ष
दुर्गा प्रसाद उपाध्याय–कांग्रेस– २ वर्ष
दलित तर्फ
राम लखन चमार–नेकपा– ४ वर्ष
अपांगता तथा अल्पसंख्यक
राजकुमार कुँवर–नेकपा–२ वर्ष
प्रदेश नम्बर ६ कर्णाली प्रदेश
महिलातर्फ
कविता बोगटी –नेकपा – ४ वर्ष
नन्दा चपाई – नेकपा – ६ वर्ष
युटोल तामाङ – नेकपा – २ वर्ष
खुला तर्फ
काली बहादुर मल्ल–नेकपा–२ वर्ष
ठगेन्द्र प्रकाश पुरी–नेकपा– ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ–नेकपा– ६ वर्ष
दलित तर्फ
नरपति लुवार–नेकपा–६ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
जीवन बुढा–नेकपा– ४ वर्ष
प्रदेश नम्बर ७
महिलातर्फ
इन्दु कडरिया–नेकपा–६ वर्ष
कमला कुमारी ओली–नेकपा– २ वर्ष
तारादेवी भट्ट–कांग्रेस– ४ वर्ष
खुला तर्फ
बद्री प्रसाद पाण्डे–कांग्रेस–२ वर्ष
शेर बहादुर कुँवर–नेकपा– ४ वर्ष
हरिराज चौधरी–नेकपा– ६ वर्ष
दलित तर्फ
चक्र प्रसाद स्नेही–नेकपा–४ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
महेश कुमार महरा–नेकपा–६ वर्ष
राष्ट्रपतिबाट मनोनीत सांसद
युवराज खतिवडा–नेकपा–२ वर्ष
राम नारायण विडारी–नेकपा–४ वर्ष
विमला राई पौडेल–नेकपा–६ वर्ष




