एक सातामा एनलेसलमा पौने २ करोड एसएमएस | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

काठमाडौँ, २ भदौ । तराईको बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको सञ्चार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले १ करोड ६६ लाखभन्दा बढी एसएमएस आदान–प्रदान गरेका छन्।

 

कम्पनीले विपद्को बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रतिदिन प्रतिग्राहक ५० वटा निःशुल्क एसएमएस गर्न दिएको थियो।

 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढी पहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो।

ताजा समाचार