आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिका बनिन् छोरीकी आमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, २ भदौ । भारतमा १० वर्षीया बालिकाले शिशु जन्माएकी छिन्। बलात्कारपछि गर्भवती बनेकी बालिकाले बिहीबार छोरी जन्माएकी हुन्। बालिकाले गर्भपतन गर्न पाउनुपर्ने माग गर्दै उनको तर्फबाट अदालतमा परेको निवेदनलाई गत महिना सर्वोच्च अदालतले अस्वीकार गरेको थियो। चिकित्सकहरूले बालिकाको पेटको शल्यक्रिया गरी बच्चा निकालेका थिए। नवजात शिशुको तौल साढे दुई  किलो छ। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

 

लामो समयसम्म बालिकाले आफू गर्भवती भएको समेत थाहा पाएकी थिइनन् । परिवारका सदस्य र छिमेकीले बालिकाको पेटमा ठूलो स्टोन भएको अनुमान गरेका थिए। उनले बारम्बार पेट दुखेको गुनासो गरेपछि अभिभावकले गत जुलाईको दोस्रो साता अस्पताल लगेका थिए । चिकित्सकहरूले बालिका गर्भवती भएको बताएका थिए।

 

आफ्नै काकाले बारम्बार बलात्कार गरेको बालिकाले बताएकी थिइन्। बलात्कार आरोपित उनका काका पक्राउ परिसकेका छन्। गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्न माग गर्दै अभिभावकले चन्डिगढको एक स्थानीय अदालतमा उजुरी दिएका थिए। बालिका निकै सानी भएको र गर्भपतन गर्दा उनको ज्यान नै जोखिममा पर्न सक्ने भन्दै चिकित्सकहरूको एउटा समूहले बताएपछि सर्वोच्च अदालतले उनको तर्फबाट गरिएको आग्रह अस्वीकार गरेको थियो। यसैबीच, शिशुलाई एडोप्सनका लागि राखिने भएको छ । ३५ सातामा नै जन्मिएकाले नवजात शिशुलाई आइसियूमा राखिएको छ। बालिकाको पेटको शिशुसँग आफूहरूको कुनै सरोकार नभएको बताउँदै आएका बालिकाका अभिभावकले नवजात शिशुलाई हेर्नसमेत अस्वीकार गरेका छन्।

 

एडोप्सनका लागि नराखुन्जेल ती बालिकालाई बालकल्याण समितिले हेरचाह गर्ने भएको छ। ती बालिका कम्तीमा पनि १० दिनसम्म अस्पतालमा रहने अनुमान गरिएको छ। बालिका गर्भवती बनेको विषय पछिल्ला समयमा भारतीय सञ्चारमाध्यमहरूको मुख्य मसला बनेको थियो। उनी सबैभन्दा कम उमेरमा आमा बन्ने पहिलो भारतीय भएको अधिकारीहरूले बताएका छन्।

 

गर्भका कारण आमाको स्वास्थ्यमा खतरा हुने सरकारी चिकित्सकहरूको टोलीले प्रमाणित नगरेसम्म २० सातापछिको गर्भपतन गर्न भारतीय कानुनले निषेध गरेको छ। तर, पछिल्ला साता किशोरी बलात्कारका घटनामा वृद्धिसँगै पीडितहरूले २० सातापछिको गर्भपतन गर्न माग गर्दै विभिन्न अदालतमा निवेदन दिने क्रम बढ्दो छ। अधिकांश पीडितले आफू गर्भवती भएको जानकारी सुत्केरी हुने अवस्थामा मात्र थाहा पाउने गर्छन्।

 

शुक्रबार शिशु जन्माएकी बालिकाले आफूलाई के भएको हो भन्ने वास्तविकता थाहा नभएको बताएकी छिन्। उनी निर्दोष रहेको बालअधिकारसम्बन्धी कार्यकर्ताले बताएका छन् । बालिका पहिल्यैदेखि तुलानात्मक रूपमा मोटी भएकीले अभिभावकले उनी गर्भवती भएको थाहा नपाएको बताएका छन्। छोरी १० वर्षको उमेरमा गर्भवती होलिन् भनेर कल्पनासमेत नगरेको बालिकाका अभिभावकले बताएका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);