नवनियुक्त जिल्ला न्यायाधिशले पद तथा गोपनियताको सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नवनियुक्त जिल्ला न्यायाधिशले पद तथा गोपनियताको सपथ लिए

काठमाडौं, २३ जेठ । नवनियुक्त १६ जना जिल्ला न्यायाधिशहरुले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेका थिए ।

जोशीले नियुक्त गरेका १६ जना जिल्ला न्यायाधिशहरुले बुधबार सर्वोच्च अदालतमा एक समारोहकाबीच पद तथा गोपनियताको सपथ लिएका हुन् ।

पाटन उच्च अदालतका मुख्य न्यायाधिश प्रकाशकुमार ढंगानाले न्यायाधिशहरुलाई सपथ गराए । संविधानको धारा १४९ को उपधारा २ मा व्यवस्था भए बमोजिम परिक्षा प्रणालीबाट नियुक्त गरिएका जिल्ला न्यायाधिशहरुलाई कायममुकायम प्रधानन्यायाधिश जोशीको उपस्थितिमा पाटन उच्च अदालतका मुख्य न्यायाधिश ढुंगानाले सपथ खुवाएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

परिक्षा प्रणालीबाट उतीर्ण भई जिल्ला न्यायाधिश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोर प्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, इश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल छन् ।

त्यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधिशमा नियुक्त भए । परिक्षा प्रणालीबाट उतीर्ण गरेकाहरुलाई न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधिशले जिल्ला न्यायाधिशहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सपथग्रहण समारोहमा कायममुकायम प्रधानन्याधिश जोशी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);