यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा भएकाे छैन : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा भएकाे छैन : मन्त्री महासेठ

raghubir_mahaseth

काठमाडौं, ८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा नभएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले महानिर्देशक भट्टराईको सरुवा नभएको स्पष्ट पारेका हुन् । भट्टराइलाई केही दिनका लागि मन्त्रालयमा बोलाईएको उनले जानकारी दिए । मन्त्री महासेठले भने “मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्र्टब गर्नेगरि ल्याएको होईन ।’

सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गलत प्रचारबाजी गरिएको भन्दै उनले १८ महिना सम्म विभागमा बस्दा भट्टराईले केही नगरेको र आफु मन्त्री भएपछि मात्रै सिण्डिकेट विरुद्धको काम सुरु भएको दाबी गरे ।

उनले विगतको सरकारले कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा विभेद गर्ने गरेको भएपनि वर्तमान सरकारले समान व्यवहार गरेको दाबी गरेका छन् । व्यापारीहरुको दबाबमा यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा गरिएको भन्दै मन्त्री महासेठको आलोचना हुँदै आएको छ ।