काठमाडौं, २० वैशाख । काठमाडौमा आगामी सोमबार देखि नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल विज्ञापन संघले बिहीबार पत्रकार सम्मेलन गरि नेपाल आईस आन फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।
सानेपास्थित फिल्ड फुटसलमा २४ गते सोमबार देखि २९ गते सम्म चल्ने प्रतियोगितामा ३२ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले ७५ हजार नगद, दोश्रोले ५० हजार र तेश्रो हुनेले ३० हजार नगद सहित ट्रफि पाउनेछन् ।
यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघ आनबीच एक अर्काका कार्यक्रममा सहयोग आदान प्रदान गर्ने गरि सम्झौता पनि भएको छ ।