साउन २९ , बाजुरा । तीन दिनदेखिको अविरल वर्षापछिको पहिरो र बाढीका कारण बाजुरा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
निरन्तरको वर्षा र बाढीपहिरोका कारण यातायातका साधानहरु बीच बाटोमै रोकिएका छन् । बाजुराबाट धनगढी, महेन्द्रनगर, नेपालगन्ज र काठमाडौं जाने यात्रु समस्यामा परेका छन् । लगातारको वर्षाका कारण बाजुराका दर्जनभन्दा बढी बस्ती पहिरोका उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।
वर्षातको समयमा सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि हँुदै गएको स्थानीयले बताएका छन् ।