बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस बिस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस बिस्थापित

एजेन्सी, २४ भदौ । शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीवारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तिय विपद् न्युनिकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ ।

सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);