नारायणगढ–मुग्लिन सडकमा पहिरो राेकथामको कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नारायणगढ–मुग्लिन सडकमा पहिरो राेकथामको कार्य जारी

चितवन, २९ चैत । नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा रोकथामको काम थालिएको छ ।

सो सडकको ३३ दशमलव २ किलोमिटर सडकमध्ये १७ दशमलव १ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । बर्षाको समयमा यात्रु र सवारीलाई समस्या नहोस् भनेर पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम रोकथामको काम सुरु गरिएको हो ।

पहिरो झर्न नदिन बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माण, जाली लगाउने लगायतका काम भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सो सडकको १८ ठाउँमा पहिरोको उच्च जोखिम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);