अब सात दिनमै स्मार्ट लाइसेन्स | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अब सात दिनमै स्मार्ट लाइसेन्स

trail liecence

काठमाडौं, २९ चैत । यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ । देशभर जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने, राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ ।

तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे । सेवाग्राहीले सवारी चालक अनुमति पत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन् ।

कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा ढिलाइ भएको हो । गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);