काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकीकरणको विषयलाई लिएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
सोमबार पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले माओवादीसँग उपयुक्त समयमा पार्टी एकता हुने बताए ।
वाम गठबन्धनको सरकार समाजवादउन्मुख ढंगले अघि बढ्ने भन्दै उनले राष्ट्रिय एकता सहितको सुशासन सरकारको लक्ष्य भएको बताए ।
मुलुकको समृद्धिका लागि दुबै छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध स्थापित गर्दै बाह्य लगानी आकर्षित गर्ने उनको भनाइ थियो ।




