गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

काठमाडौं, १९ चैत । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा चयन गरेको हो ।

३७ सदस्यीय केन्द्रिय कार्य समितिको महासचिवमा वंशलाल तामाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका हुन् भने महासचिव तामाङ नेपाली काँग्रेसका हुन् । महाधिवेशनले २१ बँुदे काठमाडांै घोषणा पत्र जारी गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय सरकारसँग माग पनि गरेको छ ।

नभए स्थानीय सरकार आफैले कर्मचारी व्यवस्थापन गर्ने बाटो खोलीदिन पनि संघीय सरकारसँग माग गरिएको घोषणा पत्र तयारी उपसमितिका संयोजक इश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

महासंघले जारी गरेको घोषणा पत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

त्यसैगरी संविधानको भावना विपरितका संघीय कानुनहरुको संशोधन र खारेज गर्न संयुक्त अभियान संचालन गर्ने, तराई, मधेशका स्थानीय सरकारहरुको प्रभावकारिताका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने पनि महासंघको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

३ दिनसम्म चलेको महाधिवेशनले देशभरका गाउँपालिकाहरुको समस्याको उठान गर्दै समाधानका उपायहरुको खोजी गरिएको दावी समेत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);