कराते महासंघको अध्यक्षमा लामा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कराते महासंघको अध्यक्षमा लामा निर्वाचित

काठमाडौं, १२ चैत्र । नेपाल कराते महासंघको अध्यक्षमा युवराज लामा निर्वाचित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्वसदस्य समेत रहेका करातेका संस्थापक मध्येका लामा महासंघको महाधिवेनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);