एमाले-माओवादी पार्टी एकता मस्यौदा कार्यदलको बैठक बस्दै नबसी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एमाले-माओवादी पार्टी एकता मस्यौदा कार्यदलको बैठक बस्दै नबसी स्थगित

bam ghathabandan

काठमाडौं, १४ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टीका एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलको बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको हो । कार्यदलको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने र भोलि पार्टी एकता संयोजन समितिलाई बुझाउने तयारी थियो ।

तर, कार्यदलका संयोजक एमाले नेता माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित गरिएको कार्यदल सदस्य एवं माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गरेपछि कार्यदल बैठक बस्ने छ ।

आइतबार बसेको कार्यदलको बैठकले मातहतको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सुधारका लागि थप सुझाव दिएको थियो । नेता नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);