'धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

‘धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँ’

काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाती र समूदायले समान अधिकार प्राप्त गरेको जिकिर गर्नुभयो । गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उहाँले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राख्नुभयो । उहाँले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराउनुभयो ।

सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

Leave a Reply