रिलायन्स लाईफ इन्स्योरेन्सले लगनखेलमा शाखा विस्तार | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

रिलायन्स लाईफ इन्स्योरेन्सले लगनखेलमा शाखा विस्तार

ललितपुर, २५ फागुन । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आजबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ ।  कम्पनीले लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा विस्तार गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच शाखा विस्तार गर्दै कम्पनीका अध्यक्ष ताराचन्द केडियाले व्यवसाय विस्तार गर्न शाखा विस्तारको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारे । कम्पनीले चैत्र मसान्त भित्र १६ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

२०७४ साल मंसीर १ गतेबाट बीमा सेवा सुभारम्भ गरेको कम्पनीले जीवन बीमा व्यवसायलाई फराकिलो पार्दै लैजाने योजना रहेको जनाएको छ ।