काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ । ओलीले सांसदको शपथ नै नलिई प्रधानमन्त्री पदको शपथ लिएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीबिरुद्ध रिट दायर गरेका हुन् ।
यो रिटमा बिहीबार (भोली) सुनुवाई हुँदैछ । यसअघि राष्ट्रिय सभामा पनि कांग्रेसतर्फका सांसदले प्रधानमन्त्रीले सांसदको सपथ खानुअघि राष्ट्रपतिले सपथ गराएकोप्रति आपत्ती जनाएका थिए ।