चलचित्र क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे पुनर्विचार गर्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

चलचित्र क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे पुनर्विचार गर्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार हाल चलचित्र क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ । २०२६ सालको अवधारणाअनुसार चलचित्रमा विदेशी लगानी निषेध गर्ने व्यवस्था गरिएपनि अब त्यसको औचित्य र वर्तमान सान्दर्भिकताबारे समीक्षा आवश्यक रहेको उहाँले बताउनु भयो । चलचित्र क्षेत्रमा पनि विदेशी लगानी ल्याउने सम्बन्धमा छलफल गर्न आवश्यक रहेको उहाँको भनाई छ । चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न सरकारले चलचित्रसम्बन्धी पुरानो कानुनी व्यवस्थालाई परिमार्जन गर्न लागेको उहाँले बताउनु भयो । चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उहाँको भनाई छ । चलचित्र निर्माणमा प्रविधिको विकाससँगै यसको विषयवस्तु, माध्यम, लगानी र सामाजिक योगदानको दायरा फराकिलो बनेको उहाँको भनाई छ । नयाँ कानुनले ती परिवर्तनलाई सम्बोधन गर्ने उहाँले बताउनु भयो ।

चलचित्र विधेयकमा चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्ने, स्वदेशी चलचित्रको प्रवद्र्धन गर्ने र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने व्यवस्था प्रस्ताव गरिएको उहाँको भनाई छ । विधेयकमा चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवद्र्धन र नियमनका लागि नेपाल चलचित्र विकास बोर्ड रहने तथा बोर्डलाई स्वायत्त निकायका रूपमा स्थापित गर्ने व्यवस्था राखिएको उहाँले जानकारी दिनुभयो । बोर्डका पदाधिकारी छनोट प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको उहाँको भनाई छ । चलचित्र निर्माण, वितरण वा प्रदर्शन गर्न बोर्डबाट इजाजत लिनुपर्ने तथा इजाजतको अवधि, नवीकरण, संशोधन, विक्री र हस्तान्तरणसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ । नेपालभरका चलचित्र घरमा हुनुपर्ने सेवा, सुविधा र अन्य मापदण्ड बोर्डले निर्धारण गर्ने उहाँको भनाई छ । चलचित्र घर निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट इजाजत लिनुपर्नेछ भने मापदण्ड पालना भए–नभएको विषयमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले जाँचबुझ गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । चलचित्र घरमा टिकटको विभिन्न श्रेणी र मूल्य निर्धारण गर्दा निर्माता, दर्शक र चलचित्र घरबीच समन्वय गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले निर्धारण गर्ने प्रस्ताव विधेयकमा छ । विदेशी व्यक्ति वा संस्थाले नेपालमा विदेशी चलचित्र तथा वृत्तचित्र छायांकन गर्न चाहेमा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिनुपर्ने उहाँले बताउनु भयो ।

चलचित्र जाँच र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रश्ताव
विधेयकमा स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि वर्गीकरण तथा प्रमाणीकरण गर्न केन्द्रीयस्तरमा चलचित्र जाँच समिति गठन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, चलचित्र घरले बक्स अफिस प्रणाली जडान गरी चलचित्र प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री तिमिल्सिनाले बताउनु भयो । उक्त प्रणालीबाट प्राप्त तथ्यांक चलचित्र विकास बोर्डले वास्तविक समयमा प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले कुनै चलचित्रको प्रदर्शनबाट सुरक्षा तथा व्यवस्थामा प्रतिकूल असर पर्ने, सार्वजनिक शान्ति भंग हुने वा वर्गीय, क्षेत्रीय, प्रादेशिक, धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय आधारमा विभेद सिर्जना हुने जोखिम देखेमा प्रदर्शनमा रोक लगाउन आदेश दिन सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ । लैंगिक हिंसा तथा दुव्र्यवहारलाई बढावा दिन सक्ने सामग्रीको प्रदर्शन रोक्न सकिने प्रस्तावसमेत गरिएको छ । विधेयकले चलचित्र क्षेत्रको नियमनसँगै स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन, लगानी विस्तार र व्यावसायिक सम्भावनालाई कानूनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।

Leave a Reply